मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
३० पटक हेरिएको
Shares
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते

सारांश

  • मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् ।
  • मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो ।
  • मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घाइते भएका छन भने २० जना आन्दोलनकारी घाइते भएका छन् ।

२ मंसिर, काठमाडौं ।

मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् । मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो । मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घाइते भएका छन भने २० जना आन्दोलनकारी घाइते भएका छन् ।

२० जना आन्दोलनकारी पक्राउ परेका छन भने थप २० जनालाई प्रशासनिक मामिलामा कारबाहीका लागि बुझाइएको उनले बताए । उनका अनुसार घाइते मध्ये ४० जना प्रहरीको अस्पतालमा उपचार गरिएको छ । विरोधको प्रतिक स्वरुप ‘वान पिस’ को झण्डा प्रदर्शनकारीहरूले जापानी मंगा वन पिस को ‘स्ट्र ह्याट’ खरानी टोपी लगाएको खोपडी अंकित झण्डा फहराएका छन् । कार्टून पात्र देखिने उक्त झण्डा प्रदर्शनसँग मेल नखाएजस्तो देखिए पनि, जेनजी पुस्ताका आन्दोलनकारीका लागि यसको गहिरो प्रतीकात्मक अर्थ छ । विश्वभरका युवापुस्ता–केन्द्रित आन्दोलनमा देखापर्ने सांस्कृतिक प्रतीकहरूमध्ये वन पिस को जोली रोजर झण्डा हाल जेनजी आन्दोलनको साझा पहिचान बनेको छ ।

मेक्सिको सिटीमा राष्ट्रपति क्लाउडिया शाइनबौम बस्ने नेशनल प्यालेस वरिपरि लगाइएका बार हटाउने क्रममा हुड लगाएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु–ग्यास प्रयोग गरेको थियो । प्रदर्शनमा प्रयोग गरिएको झण्डा १९९७ मा प्रकाशित जापानी मंगा वन पिस का सिर्जनाकर्ता एइइचिरो ओडाले बनाएको कथाबाट प्रेरित हो । मंगामा मुख्य पात्र मन्की डी. लुफी र उनको ‘स्ट्र ह्याट क्रू’ स्वतन्त्रता, सपनाको खोजी र दमनकारी ‘वल्र्ड गभर्नमेन्ट’ विरुद्ध लड्ने कथामा केन्द्रित छन् । वन पिसका प्रशंसकहरूका अनुसार यो झण्डा सपनाको खोजी, अन्यायविरुद्धको विद्रोह र स्वतन्त्रताको प्रतीक हो । यही कारणले यो झण्डा एशियाका विभिन्न विरोध प्रदर्शनहरू—इन्डोनेसिया, फिलिपिन्स, नेपाल—देखि फ्रान्सको राजधानी पेरिससम्म युवापुस्ताको प्रतिरोधको चिन्हका रूपमा फैलिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति