हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ

सारांश

  • मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा विशेष सूचनाका आधारमा निगरानी सञ्चालन गर्दै खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
  • पक्राउ परेका व्यक्ति सोही ठाउँ बस्ने ३७ वर्षीय हर्कबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
  • सोमबार साँझ करिब ८ बजेतिर पैदल हिँडिरहेका क्षेत्रीलाई शंकाका आधारमा रोकी चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ५४० मिलिग्राम (प्लास्टिकसहित तौल) खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो।

२ मंसिर, मकवानपुर ।

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा विशेष सूचनाका आधारमा निगरानी सञ्चालन गर्दै खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सोही ठाउँ बस्ने ३७ वर्षीय हर्कबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सोमबार साँझ करिब ८ बजेतिर पैदल हिँडिरहेका क्षेत्रीलाई शंकाका आधारमा रोकी चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ५४० मिलिग्राम (प्लास्टिकसहित तौल) खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो।

प्रहरीका अनुसार बरामद पदार्थ प्रारम्भिक रूपमा लागुऔषधकै श्रेणीमा पर्न सक्ने ठहर गरिएको छ। प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिएपछि थप खोजतलासका क्रममा उनको कोठामा पुग्दा २ थान फलामको रड समेत फेला पारेको जनाएको छ । यी वस्तुहरू कसरी र किन राखिएको भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब २ किलोमिटर दक्षिणतिर पर्ने बताइएको छ । पक्राउ परेका क्षेत्रीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।

‘लागुऔषध नियन्त्रण अभियानलाई कडाइका साथ अगाडि बढाइएका छौँ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमार्फत लागुऔषध र शंकास्पद सामग्रीसहित व्यक्ति नियन्त्रणमा लिन सफल भएका छौँ। अब वैज्ञानिक परीक्षण र कानुनी प्रक्रिया अघि बढाइनेछ,’प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहराले भने । प्रहरीले पछिल्ला दिनमा मकवानपुरको विभिन्न स्थानमा लागुऔषध कारोबार तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी र कारबाहीलाई अझ सशक्त बनाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
शिक्षक महासंघ फेरि असन्तुष्ट, सबै सहमति लत्याइएको आरोप
शिक्षक महासंघ फेरि असन्तुष्ट, सबै सहमति लत्याइएको आरोप
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो
सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो
सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो
राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने
राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने