महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

सारांश

  • नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
  • २१ फागुनका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
  • बैठक ललितपुरको धोबीघाटमा आज (शक्रबार) दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ ।

२८ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो । बैठक ललितपुरको धोबीघाटमा आज (शक्रबार) दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ । चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए । २८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षमा रहेकाहरू आगामी पुसभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

महामन्त्री थापाले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनका लागि २७ मंसिरको मिति प्रस्ताव गरेका थिए । यस्तै अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानत: बाध्यता रहेको धारणा राखेका थिए । २१ फागुनका लागि निर्धारण गरिएका चुनावअघि महाधिवेशन गर्ने र नगर्ने पक्ष विषयमा संस्थापन पक्षमा समेत एकमत छैन । सभापति शेरबहादुर देउवानिकट शीर्ष नेताहरू चुनावपछि महाधिवेशनको पक्षमा देखिए पनि दुई दर्जन बढी केन्द्रीय सदस्यहरू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी
कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार
राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार