झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा

सारांश

  • झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर अध्यापन गराइरहेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
  • निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तह (१० कक्षा) को परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएको पाइएको अख्तियारको दाबी छ ।

२६ कात्तिक, काठमाडौं ।

झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर अध्यापन गराइरहेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ । निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तह (१० कक्षा) को परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएको पाइएको अख्तियारको दाबी छ ।

उनले वि.सं. २०५५ सालमा अस्थायी शिक्षकका रूपमा नियुक्त लिइ २०७५ साल चैत २८ गते स्थायी नियुक्ति पाएको विवरणमा उल्लेख छ । अनुसन्धानबाट उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकका रूपमा दीर्घकालसम्म अध्यापन गर्दै तलब–भत्ता लगायतका सरकारी सुविधा लिएको प्रमाणित भएको आयोगको ठहर छ । निरौलाले गैरकानुनी रूपमा सेवामा सक्रिय भएर अनुचित लाभ लिएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको निष्कर्ष निकालेको छ । निरौलामाथि कैद र जरिवानाको सजाय मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?