पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
१७ पटक हेरिएको
Shares
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
  • पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे ।
  • उनले भने,‘हाम्रो पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्नै साथीभाईलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ ।

२५ कात्तिक,  काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे ।

उनले भने,‘हाम्रो पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्नै साथीभाईलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ । अहिले संकटको बेला पार्टी एकजुट भएर निर्वाचनमा होमिनुपर्छ । ’ त्यस्तै उनलेमहाधिवेशनको विषयमा केही निर्णय भइनसकेको भन्दै बैठकको अन्तिम दिनसम्म सबैको एकमत निर्णय आउने जानकारी दिए ।राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन उपयुक्त नहुने उनको भनाई छ ।
‘यतिबेला महाधिवेशन प्रमुख विषय बनेको छ । १५ औं अधिवेशन गर्नुपर्छ भन्नेमा सबैको एकमत छ । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन कति उपयुक्त छ र सँगै त्यसको लागि यथेष्ट छलफल पुगेको छैन् । बैठकको अन्तिमसम्म एकतापूर्ण निष्कर्षमा हामी पुग्छौं,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?