सशस्त्र प्रहरीका आईजीपी भारत प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीका आईजीपी भारत प्रस्थान

सारांश

  •   सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान गरेका छन्।
  • सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी मंगलबारत्यसतर्फ प्रस्थान गरेका हुन्।
  • उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

२५ कात्तिक, काठमाडौं । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान गरेका छन्। सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी मंगलबारत्यसतर्फ प्रस्थान गरेका हुन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख गणेश बहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसमेत त्यसतर्फ प्रस्थान गरेका छन्। सो बैठक यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न हुनेछ।

बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदान प्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल हुने सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। नेपाल–भारत बीच नियमित रुपमा हुँदै आएको समन्वयात्मक बैठकले दुवै देशको सीमा क्षेत्रमा शान्ति, सुरक्षा सुदृढीकरण, आपसी समन्वय र सहकार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ।  सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
मौसम पूर्वानुमान : एक–दुई स्थानमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : एक–दुई स्थानमा वर्षाको सम्भावना
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
तोलामा २ हजार ६ सय घट्यो सुन मुल्य
तोलामा २ हजार ६ सय घट्यो सुन मुल्य
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
यार्सा टिप्न डोल्पाको पाटन पुगेका बोहोराको लेक लागेर मृ*त्यु
नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री
नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री