मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
७० पटक हेरिएको
Shares
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

सारांश

  • सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
  • सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
  • ‘मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उहाँलाई हटाइएको हो।

२४ कात्तिक, काठमाडौं।

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । ‘मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उहाँलाई हटाइएको हो।’ सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री खरेलले भने । आइतबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि खबरदारी गरेका थिए । प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्।

तर अस्वस्थताको कारण देखाउँदै काठमाडौं जान्छु भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले होटल पानसमा कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएकी थिइन् । त्यही होटलमै उनले शपथ पनि खुवाएकी थिइन् । यो घटना सार्वजनिक भएपछि प्रदेश प्रमुख भण्डारीको चौतर्फी आलोचना भएको थियो । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका थिए भने प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्‍ने आवास र मुख्‍यमन्त्रीको कार्यकषमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान
निर्वाचन सुरक्षाका लागि सर्लाहीमा नेपाली सेना परिचालन
निर्वाचन सुरक्षाका लागि सर्लाहीमा नेपाली सेना परिचालन
स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित
स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्