नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल

सारांश

  • नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
  • नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको बताए ।
  • अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ ।

२० कात्तिक, काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको बताए ।

अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ । उनले नेपाल र बंगलादेशबीच सिधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिए । अध्यक्ष अग्रवालले थपे, ‘नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन ।’ उनले (बीबीआईएन) बंगलादेश, भूटान, भारत र नेपालबीचको क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रुपमा उपयोग गर्न सकिने बताए ।

अध्यक्ष अग्रवालले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य, व्यापारिक प्रदर्शनी, लगानी सम्मेलन र नीतिगत सहजीकरणमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आग्रह गरे । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत रहमानले नेपालको निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्नका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको राजदूत रहमानले बताए । दुईदेशबीच सांस्कृति तथा शैक्षिक सम्वन्ध नागरिकको तहसम्मै उच्चस्तरीय रहेको रहमानले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन
कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
बैंकहरूले घटाएको ब्याजदर आजदेखि लागू, यस्तो छ नयाँ दर
बैंकहरूले घटाएको ब्याजदर आजदेखि लागू, यस्तो छ नयाँ दर
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदमा बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास, राप्रपा
संसदमा बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास, राप्रपा
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ