चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
४० पटक हेरिएको
Shares
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

सारांश

  • चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ ।
  • आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो ।
  • १५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो ।

२० कात्तिक, काठमाडौं ।

चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो । १५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो । चीनले यसअघि सन् २०३० भित्र आफ्नो मुलुकलाई कार्बन उत्सर्जनको सर्वोच्च बिन्दुमा पु¥याउने र २०६० भित्र कार्बन निष्पक्षता (कार्बन न्युट्रालिटी) प्राप्त गर्ने लक्ष्य घोषणा गरेको थियो ।

त्यसपछि चीनले उक्त लक्ष्यलाई साकार पार्न अनेकौं महत्वाकांक्षी परियोजनाहरू अघि बढाएको छ । खासगरी याङ्त्से नदीको मुख्य धारमा छ वटा ठूला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी, चीनको विशाल दक्षिण–पश्चिम तथा पश्चिमी भूभागमा सातवटा ठूलो स्तरका स्वच्छ ऊर्जा परियोजना सञ्चालनमा ल्याइएका छन् । यी स्थानमा उत्पादित ऊर्जा जनसङ्ख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पु¥याउन अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ ।

ऊर्जा भण्डारणका लागि चीनले गुरुत्वाकर्षण आधारित ऊर्जा भण्डारण तथा वायु ऊर्जा भण्डारण जस्ता अत्याधुनिक प्रविधिको उपयोग गरेको छ, जसले नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोगमा मद्दत गरेको छ । आगामी १५ औँ पञ्च वर्षीय योजना अवधिमा पनि चीनले आर्थिक आधुनिकीकरण र वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्दै नवीकरणीय ऊर्जा विकासलाई अझ तीव्र गतिमा अघि बढाउने संकेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन
सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन
सप्तरीमा ३३ सय किलो गाँजा बरामद
सप्तरीमा ३३ सय किलो गाँजा बरामद
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ