माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज

सारांश

  • नेकपा माओवादी केन्द्रसहित नौवटा पार्टीको एकता घोषणा आज बिहान ११ बजे हुने भएको छ।
  • एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिए।
  • उनका अनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ।

१९ कात्तिक, काठमाडाैं।

नेकपा माओवादी केन्द्रसहित नौवटा पार्टीको एकता घोषणा आज बिहान ११ बजे हुने भएको छ। एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिए। उनका अनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ। चुनाव चिह्न पाँचकुने तारा रहने पहिले नै आठ दलबीच सहमति भइसकेको छ।

आइतबार माओवादी, नेकपा एकीकृत समाजवादीलगायत आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख थिएन। नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ। एकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। उता एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले पारदर्शी नेपाल नामको अभियान सुरु गरेको छ भने नेकपा एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले आजै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गर्न लागेका छन् । त्यस्तै, नेकपा यसबाट अलग भएकी नेता रामकुमारी झाँक्री र पूर्व सांसद किसान श्रेष्ठ लगायतले छुट्टै पत्रकार सम्मेलन गरी एमालेमा जाने जानकारी गराउन लागेका छन्।

भुसाल र झाँक्री पक्षको छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना हुन लागेको छ। नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी छलफल गरेका छन्। एकीकृत पार्टीले जनताको चाहनाअनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने उनले दाबी गरे। ‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अब देश समृद्धिमा जाने हामीले विश्वास गरेका छौं,’ माओवादी केन्द्रको अन्तिम बैठकपछि सापकोटाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘बृहत् सजीव छलफल गरेर माओवाद पुनःस्थापित पनि हुनसक्छ।

तर, अहिले एकता गर्नैपर्ने भएकाले मात्र हो।’ नेकपा एमालेबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी लगायत साना कम्युनिष्ट दलहरूमा धुर्वीकरण र टुटफुट जारी छ। जेन-जी आन्दोलनपछि पार्टीहरूको पुनर्गठन अभियानसँगै कम्युनिष्ट पार्टीहरूमा तीव्र विवाद र योसँगै यसअघि विभाजन भएका पार्टीहरूको एकताको श्रृंखला नै चलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको  मृत्यु
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको मृत्यु
सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
न्याय परिषद्ले गर्‍यो ६ जना जिल्ला न्यायाधीश सिफारिस
न्याय परिषद्ले गर्‍यो ६ जना जिल्ला न्यायाधीश सिफारिस
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन