राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
१७ कात्तिक, काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ। नवदुर्गा पार्टी प्यालेस सुकेधारामा केहीबेरपछि बैठक सुरु हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन्।





Post Comment