२६ जेष्ठ २०८२, आईतवार

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

१९ पुस, जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ ।

मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो । कोसेलीमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सि, चुल्हो, विभिन्न प्रकारका मिठाइ समावेश गरिएको छ । ती कोसेली बोकेको टोली आज महोत्तरीको जलेश्वर, मलंगवा, गौर, कलैया हुँदै वीरगञ्जमा पुगेर बास बस्ने छ । भोलि (शुक्रबार) बिहानै सीमापारी भारतको रक्सौल हुँदै बेतिया, गोरखपुर र अयोध्या पुग्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनुसार शनिबार बिहान ९ बजे राम जन्मभूमि ट्रष्टलाई कोसेली हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0