काठमाडौं महानगरको ४३औं कार्यपालिका बैठक : यस्ता छन् निर्णयहरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३१, २०८२
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौं महानगरको ४३औं कार्यपालिका बैठक : यस्ता छन् निर्णयहरु

सारांश

  • काठमाडौं महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गर्दै ४३ औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ ।
  • प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा छलफल गरी निर्णय गरिएको हो ।
  • बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएका छन् ।

३१ असोज, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गर्दै ४३ औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ । प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा छलफल गरी निर्णय गरिएको हो । बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएका छन् । तीमध्ये वडा नं. ५ टंगालस्थित व्यवसायिक भवन निर्माण तथा सञ्चालन, वडा नं. १ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन र वडा नं. १ कै नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू स्वीकृत भएका हुन् ।

त्यसैगरी प्रशासन विभागका तर्फबाट कलंकी मालपोत कार्यालयलाई रु. १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई रु. १५ लाख अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पारित गरिएको छ । साथै, महानगर अस्पतालका लागि जग्गा लिजमा लिने सम्बन्धी जानकारीसमेत बैठकमा प्रस्तुत गरिएको थियो । सामाजिक विकास विभागका प्रस्ताव अन्तर्गत बालकल्याण अधिकारी तोक्ने र काठमाडौँ महानगरपालिका सिप तथा तालिम परिषद् स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि ऐन तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने दुई प्रस्ताव पारित भएका छन् । स्वास्थ्य विभागतर्फबाट काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बीचको सम्झौता नविकरण गर्ने र स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा थप जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव स्वीकृत भएको छ । ती केन्द्रहरूमा एक जना मेडिकल अधिकृत, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीको व्यवस्था गरिने निर्णय भएको छ । कानुन तथा मानव अधिकार विभागले तयार गरेको राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२ स्वीकृत गरिएको छ भने सूचना प्रविधि विभागका तर्फबाट सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित भएको छ ।

त्यस्तै सार्वजनिक निर्माण विभागले हनुमानढोका दरबार परिसर र डबली क्षेत्र अन्तर्गत भइरहेका मर्मत कार्यहरूमा बाँकी कामको परिमाण माग र आवश्यकता अनुसार अन्य स्थानमा स्थानान्तरण गर्ने निर्णय अनुमोदन गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले ऋक्ष्त्थ्ल्भ्त् द्वारा इन्डोनेसियामा आयोजना हुने ४५औँ ऋक्ष्त्थ्ल्भ्त् भ्हभअगतष्खभ ऋयmmष्ततभभ ःभभतष्लन मा सहभागिताका लागि वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मनोनयन गरेको प्रस्ताव अनुमोदन गरियो ।  सहरी योजना आयोग सचिवालयका तर्फबाट सुरज शाक्य र सुमन प्रधानलाई शहरी योजना आयोगका सदस्यका रूपमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत भएको छ । विविध प्रस्ताव अन्तर्गत ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि जनही रु. २२ लाख ९९ हजारका दरले अनुदान सहायता उपलब्ध गराउने र यन्त्र तथा उपकरण महाशाखामा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीलाई वार्षिक एप्रोन सुविधा वृद्धि गरी आठ हजार प्रदान गर्ने निर्णय पनि गरिएको छ । यी सबै प्रस्ताव पारित भएसँगै काठमाडौँ महानगरपालिकाको ४३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल: