स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
९६ पटक हेरिएको
Shares
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् ।
  • प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा.
  • विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् ।

३० असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा उनी छिन् । उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् ।

देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरूको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताइन् । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् । मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो
आज सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित
बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित
नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ
नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ