अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन

सारांश

  • अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् ।
  • शनिबार राति परेको भारी वर्षाका कारण सडकको झन्डै १५ मिटर भाग बगाएको छ।
  • त्यहाँ बनेको करिब १० फिट गहिरो खाडलमा पानी भरिएपछि पैदलयात्रु र सवारी आवतजावत ठप्प भएको छ ।

२१ असोज, सर्लाही ।

अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । शनिबार राति परेको भारी वर्षाका कारण सडकको झन्डै १५ मिटर भाग बगाएको छ। त्यहाँ बनेको करिब १० फिट गहिरो खाडलमा पानी भरिएपछि पैदलयात्रु र सवारी आवतजावत ठप्प भएको छ ।

त्यसपछि सोमबारदेखि गाउँका युवाहरूले बाँस र काठको सहायताले अस्थायी लच्का बनाएर आवागमन सहज गराउने प्रयास गरेका छन्। हाल सो लच्काबाट मोटरसाइकल, साइकल र पैदलयात्रु मात्र पार हुन सक्ने व्यवस्था गरिएको छ। तर आवागमनका क्रममा पैदलयात्रुबाट १० रुपैयाँ र मोटरसाइकल चालकबाट एक सय रुपैयाँसम्म शुल्क असुलिँदै आएको स्थानीयले बताएका छन् । सदरमुकाम मलंगवा र भारतीय सीमावर्ती कयौं गाउँलाई जोड्ने यो हुलाकी सडक बाढीले भत्किएपछि सम्पर्क विच्छेद भएको छ। यसले दैनिक यात्रु, विद्यार्थी र व्यापारीहरूलाई ठूलो असुविधा पु¥याएको छ। गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले जिल्ला प्रशासन र हुलाकी सडक आयोजनासँग मर्मतबारे निरन्तर समन्वय भइरहेको बताए ।

‘तत्कालीन रूपमा गाउँपालिकाले आवागमन सञ्चालनको प्रयास गरिरहेको छ,’उनले भने, ‘स्थायी रूपमा सडक पुनर्निर्माणका लागि पहल भइरहेको छ ।’ सोमबार पालिका अध्यक्ष यादवसहित प्रदेश सभा सदस्य एवं पूर्वयातायात मन्त्री कौशल किशोर रायलगायतका नेताहरुले सडकको अनुगमन गरेका थिए । सो क्रममा उनीहरुले सडक केही दिनमै बन्ने बताएका थिए। पालिका अध्यक्ष यादवले जिल्ला प्रशासन कार्यालय र सडक बिभागको निर्णय पर्खेको र उनीहरुको निर्णय आउँन बित्तिकै यदि उनीहरुले नबनाए आफूले एक घण्टामै बनाउने बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?