बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ
अमरेश कुमार पाण्डेय।
१० पुस, बारा । बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य सुटर भनिएका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो । बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साँझ ६ बजेदेखि नै सिंहलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले सिंहलाई नियन्त्रणमा लिने क्रममा घुँडाभन्दा मुनि गोली हान्नुपरेको र यस विषयमा थप अनुसन्धान भइरहेको बताए । प्रअ स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । त्यसयता नै प्रहरीले सिंहलाई खोज्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1