मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य

सारांश

  • द्विपक्षीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले मलेसियाबाट १०५ रनको लक्ष्य प्राप्त गरेको छ।
  • क्वालालम्पुरमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ४ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो ।
  • मलेसियाका लागि सबैभन्दा बढी रन कप्तान विनिफ्रेड दुरइसिङ्गमले ४१ बलमा २७ रन बनाइन् ।

१६ असोज, काठमाडौं ।

द्विपक्षीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले मलेसियाबाट १०५ रनको लक्ष्य प्राप्त गरेको छ। क्वालालम्पुरमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ४ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो । मलेसियाका लागि सबैभन्दा बढी रन कप्तान विनिफ्रेड दुरइसिङ्गमले ४१ बलमा २७ रन बनाइन् । त्यस्तै, आइन्ना हमिजाह हाशिमले ४२ बलमा २६ रनको योगदान दिइन् । मध्यक्रममा आएका मास एलिसाले आक्रामक ब्याटिङ गर्दै १८ बलमा २५ रन प्रहार गरिन् । उनले ३ चौका प्रहार गरिन् ।

अन्य ब्याटरमध्ये महिराह इज्जाति इस्माइल ६ बलमा ५ रनमा अविजित रहिन् भने नुर दानिया स्युहादाले ७ बलमा ७ रन बनाएर रनआउट भइन् । वान जुलिया ८ बलमा ३ रनमा सीमित भइन् । नेपालका लागि सुमन बिष्टले २ विकेट लिए भने रुबिना क्षेत्रीले १ विकेट हात पारिन् । आगामी जनवरीमा नेपालमै महिला टी–२० विश्वकपको ग्लोबल छनोट हुने भएकाले यो सिरिजलाई तयारीका रूपमा लिएको हो । सिरिजमा पाँच खेल हुनेछन्, जसको अन्तिम खेल अक्टोबर ८ मा हुने कार्यक्रम छ ।नेपालको टोलीमा अनुभवी खेलाडी रुबिना क्षेत्री, सीता राना मगरसहित कप्तान इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी र कविता कुँवर रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो,सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
बढ्यो,सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
जेनजीले संसदको दुई नम्बर गेटमा लगाए आगो
जेनजीले संसदको दुई नम्बर गेटमा लगाए आगो
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
उद्मशिलता नै  अर्थतन्त्रको आधार हुनसक्छ : मन्त्री पाण्डे
उद्मशिलता नै  अर्थतन्त्रको आधार हुनसक्छ : मन्त्री पाण्डे
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प