नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
१८ पटक हेरिएको
Shares
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ ।
  • नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ ।
  • टी–२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ ।

१३ असोज, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ । टी–२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ ।

नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार हुँदैछ । वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?