एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
  •   परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा.
  • महाश्रम शर्माले जानकारी दिए।

११ असोज, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए। जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए।

गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो । बोर्डले नतिजा हेर्न IVR / SMS – USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ।

बोर्ड केन्द्रीय कार्यालयको वेबसाइट www.see.gov.np बाट नतिजा हेर्न परीक्षार्थीको सिम्बोल नम्बर, जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड गर्न सकिने जनाएको छ । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउनसक्ने व्यवस्था गरेको छ । यही २०८२ असोज १९ गतेदेखि २९ गते साँझ ५ बजेभित्र परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्नसक्ने व्यवस्था गरेको  अध्यक्ष शर्माले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा
चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति