वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप

सारांश

  • वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षक धिरेन्द्र तपलियामाथि व्यापारीसँग खुलेआम घुस मागेको र धम्की दिएको गम्भीर आरोप लागेको छ।
  • व्यापारीहरूले दसैं खर्च नदिएको कारण आफूलाई दादागिरी शैलीमा फसाइदिने, उठाएर लग्ने धम्की दिएको सार्वजनिक रूपमा गुनासो गरेका छन्।
  • पीडित व्यवसायीका अनुसार, धम्की दिने क्रममा भिडियो प्रमाण समेत सुरक्षित गरिएको छ।

अमरेश कुमार पाण्डे 

वीरगञ्ज। वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षक धिरेन्द्र तपलियामाथि व्यापारीसँग खुलेआम घुस मागेको र धम्की दिएको गम्भीर आरोप लागेको छ। व्यापारीहरूले दसैं खर्च नदिएको कारण आफूलाई दादागिरी शैलीमा फसाइदिने, उठाएर लग्ने धम्की दिएको सार्वजनिक रूपमा गुनासो गरेका छन्।

पीडित व्यवसायीका अनुसार, धम्की दिने क्रममा भिडियो प्रमाण समेत सुरक्षित गरिएको छ। “नदीदा डोन पारामा ल्याएर फसाइदिने, सटर तानेर जबर्जस्ती बाहिर निकाल्ने, मानिसलाई हात हालेर अपमान गर्ने जस्ता कार्य भएको छ,” एक व्यापारीले बताएका छन्। व्यापारीहरूले जोड दिएका छन्, “एक जना कर्मचारीको कारण सिंगो प्रहरी संगठन बदनाम हुने अवस्था आएको छ। यस्तो चरित्रविहीन गतिविधि तत्काल छानबिन हुनुपर्छ।”

व्यवसायीहरूले आरोप लगाएका छन् कि वीरगञ्ज बसपार्क क्षेत्रमा सञ्चालित होटल–रेस्टुरेन्ट र रक्सी पसलहरू प्रहरीकै संरक्षणमा राति अबेरसम्म सञ्चालन हुने गरेका छन्। उनीहरूको भनाइअनुसार, केही होटलमा प्रहरी कर्मचारी स्वयं सुत्ने गरेका कारण ती होटलहरू राति १२ देखि १ बजेसम्म खुलेआम सञ्चालन भइरहेका छन्। सोही होटलहरूमा अनैतिक गतिविधि र यौन धन्दा समेत चल्ने गरेको र त्यसलाई समेत प्रहरी संरक्षण दिइएको गुनासो व्यापारीहरूले गरेका छन्।

यसको विपरीत, दिनभर पसल खोलेर जीविका चलाउने साना व्यापारीहरूलाई भने प्रहरी कर्मचारीले बारम्बार सिपाही पठाई असुली गर्ने गरेको उनीहरूको आरोप छ। पैसा नदिने व्यापारीलाई विभिन्न बहानामा फसाउने, समातेर लैजाने धम्की दिने कार्य भइरहेको प्रमाणस्वरूप भिडियोसमेत फेला परेको व्यापारीहरूले दाबी गरेका छन्।

साना व्यापारीहरूले प्रहरी प्रशासनमाथि प्रश्न उठाउँदै भनेका छन्, “ठूला होटल र रक्सी पसललाई मात्र हैन, अनैतिक धन्दा गर्नेहरूलाई समेत सुरक्षा दिने तर गरीब व्यापारीलाई धम्की दिएर असुली गर्ने कार्य तत्काल बन्द हुनुपर्छ।” व्यवसायी र स्थानीय बासिन्दाले सम्बन्धित निकायलाई घटनाबारे गम्भीर ध्यान दिन र दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
देशभरका राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित
देशभरका राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
रवि लामिछानेको चीन भ्रमण स्थगित
रवि लामिछानेको चीन भ्रमण स्थगित
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स