झापामा ३५ वर्षीय युवकको ह*त्या, २ जना पक्राउ
७ असोज, झापा ।
झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। गएराति करिब ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने प्रेमकुमार राई र रामकुमार राईलाई प्रहरी नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट खुकुरी र बसिला बरामद गरेको जनाएको छ। घटनापछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको कमाण्डमा अपराध स्थल परीक्षणकालागि टोली खटिएको छ। मृतकको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि बिहान करिब १० बजेतिर प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।




Post Comment