श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर

सारांश

  • काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएको खुलेको छ।
  • श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहले जानकारी दिए ।
  • हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ।

६ असोज, काभ्रेपलाञ्चोक।

काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएको खुलेको छ। श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहले जानकारी दिए । हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ। गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट भागेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा असोज २ गते राति श्रीमती पर-पुरुष सँग लागेको शंकाको आधारमा श्रीमान-श्रीमतीबीच झगडा भई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार श्रीमतीको हत्या पश्चात घर नजिकै करेसा बारीमा खाल्डो खनी पुरेर असोज ३ गते नख्खु कारागारमा उपस्थित हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान कार्य भइरहेको बताए ।

उनी कारागार फर्किएको खुलेपछि काभ्रे प्रहरीको टोली समेत नख्खु पुगेको छ। उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान गरिनेछ। इलाका प्रहरी कार्यालय बनेपाबाट खटी गएको प्रहरी अधिकृतको टोली सहित फोरेन्सिक मेडिसिन बिभागको विशेषज्ञ डाक्टरको टोलीले उक्त लाशको उत्खनन गरी प्रारम्भिक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागी मृतक लाशलाई फोरेन्सिक मेडिसिन बिभाग धुलिखेल काभ्रेपलाञ्चोकमा ल्याई राखेको प्रहरीले जनाएको छ । तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन् । जबरजस्ती करणी कसुरमा उनको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी रहेको कारागार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंकातर्फ
अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंकातर्फ
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
फिफा विश्वकप: यी १६ रंगशालामा भिड्नेछन् ४८ टोली
फिफा विश्वकप: यी १६ रंगशालामा भिड्नेछन् ४८ टोली
एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन
एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर