बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ

सारांश

  • बुटवलमा एक युवकको हत्या आरोपमा युवती पक्राउ परेकी छन् ।
  • बुटवल उपमहानगरपालिका-१ मैनाबगरका २७ वर्षीय रोहित थापाको हत्या गरेको आरोपमा सोही नगरपालिकाको वडा-५ ध्रुवनगरकी २३ वर्षीया सुनिता केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
  • इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार थापा र केसी असोज २ गते साँझ बुटवल–२ पाखापानीस्थित भूमि रेस्टुरेन्ट एन्ड लजमा पुगेका थिए ।

६ असोज, रुपन्देही ।

बुटवलमा एक युवकको हत्या आरोपमा युवती पक्राउ परेकी छन् । बुटवल उपमहानगरपालिका-१ मैनाबगरका २७ वर्षीय रोहित थापाको हत्या गरेको आरोपमा सोही नगरपालिकाको वडा-५ ध्रुवनगरकी २३ वर्षीया सुनिता केसीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार थापा र केसी असोज २ गते साँझ बुटवल–२ पाखापानीस्थित भूमि रेस्टुरेन्ट एन्ड लजमा पुगेका थिए । उनीहरू ३०२ नं। कोठामा दुई दिनसम्म बसिरहेका थिए ।

शनिवार दिउँसो सोही कोठामा थापा मृत फेला परेपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या गरिएको पुष्टि भएपछि घटनास्थलमै साथ रहेकी केसीलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक रानाका अनुसार जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी उनलाई ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।‘घटना अलिकति फरक तरिकाको देखिएको छ, हामी अनुसन्धानमै छौँ, छिटै यसलाई सार्वजनिक गर्नेछौँ’ रानाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काभा महिला भलिबलमा श्रीलङ्कालाई पराजित गर्दै इरान तेस्रो
काभा महिला भलिबलमा श्रीलङ्कालाई पराजित गर्दै इरान तेस्रो
करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ
करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष
चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह