माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
२३ पटक हेरिएको
Shares
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्।
  • आइतबार जारी पार्टी पदाधिकारी बैठकमा १ घण्टा सम्बोधन गरेका उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
  • ‘विशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ,’ उनले बैठकमा भने।

५ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्। आइतबार जारी पार्टी पदाधिकारी बैठकमा १ घण्टा सम्बोधन गरेका उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। ‘विशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ,’ उनले बैठकमा भने। पदाधिकारी बैठकले प्रचण्डको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ। केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भंग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ।

महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउनेछ।  प्रचण्डले अबको एक हप्ताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव पनि राखेका छन्। जारी पदाधिकारी बैठकमा एक घण्टा देशको वर्तमान अवस्था, पछिल्ला राजनीतिक घटनाक्रमको विकास र माओवादी पार्टीले लिने कदमबारे बोल्दै प्रचण्डले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने भनेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम
युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु
मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर