जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी

सारांश

  • जनमत पार्टीबाट निस्कासित भएका नेताहरुले जनस्वराज पार्टीको घोषणा गरेका छन् ।
  • असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निष्कर्ष निकाल्दै ई.
  • दिपक साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको हो ।

५ असोज, जनकपुरधाम ।

जनमत पार्टीबाट निस्कासित भएका नेताहरुले जनस्वराज पार्टीको घोषणा गरेका छन् । असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निष्कर्ष निकाल्दै ई.दिपक साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको हो ।

बैठकले पुराना दलहरू आत्मकेन्द्रित, विभाजनकारी मानसिकता बोकेका कारण जनताको आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड भएको ठहर गर्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टीको गतिविधि अगाडि बढाउन डा. संजयकुमार साह संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादव संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ । पार्टीका संयोजक डा.साह जनमतमा वरिष्ठ उपाध्यक्ष थिए भने आर्थिक विभाग प्रमुख बनेका यादव कोषाध्यक्ष थिए ।

अन्य विभागहरु चाँडै गठन गर्ने संयोजक साहले बताएका छन् । पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, सम्मानजनक अधिकार र अवसर, महिला, युवा, दलित, मुस्लिम, किसान, श्रमिक लगायत विपन्न वर्गको सशक्तीकरण तथा स्थानीय स्वायत्तता सहितको कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक
राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ