मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
३१ भदौ, काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गरेले सहयोग गर्न डा रुइतसँग आग्रह गरेकी थिइन् ।

जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लीन हुने बताउँदै आएका छन्।




Post Comment