शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी

सारांश

  • जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
  • पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् ।
  • जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप समेत लगाइएको छ ।

२८ भदौ, बुटवल ।

जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् ।

जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप समेत लगाइएको छ । जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ । मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी