जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट

सारांश

  • जेनजी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन ।
  • जलिरहेको अदालतमा शुक्रबार न्यायको आशसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
  • अराजक समूहले लगाएको आगोका कारण धुवाँ र खरानीले भरिएको अदालतमा भारतीय नागरिक ३७ वर्षीय शेर महम्मदको तर्फबाट रिट दर्ता भएको हो ।

२८ भदाै, विराटनगर ।

जेनजी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन । जलिरहेको अदालतमा शुक्रबार न्यायको आशसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । अराजक समूहले लगाएको आगोका कारण धुवाँ र खरानीले भरिएको अदालतमा भारतीय नागरिक ३७ वर्षीय शेर महम्मदको तर्फबाट रिट दर्ता भएको हो । उनी गत साउन १ गते लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनीविरुद्ध ४ पटक म्याद थप भइसकेको छ । अनुसन्धान जारी रहेका बेला अदालतमा आगजनी भएका कारण प्रहरीले उनीविरुद्ध म्याद थप गरेको थिएन ।

गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सञ्जीवकुमार साहले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । रिटको सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । उनका अनुसार रिट दर्ता हुँदा अदालत जलिरहेको थियो । जलेर खण्डहर भएको अदालतमा रिट दर्ता हुनुले कानुनी अधिकारको बाटो खुला रहेको सन्देश दिएको उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिव अधिवक्ता विनोदकुमार तिमल्सिनाले बताए । जलिरहेको अदालतमा रिट दर्ता हुनु र सुनुवाइका लागि पेसी तोकिनुले संरचना जलेपनि कानुनी उपचारको बाटो खुला रहेको सन्देश दिएको उनले बताए ।

खण्डहर भयो अदालत

भट्टका अनुसार उच्च अदालत विराटनगर खण्डहर भएको छ । अदालतको भुइँ तालामा रहेका कार्यालयकाे कक्ष र फाँट जलेर नष्ट भएका छन् ।अभिलेख शाखामा रहेका सबै मिसिल र कागजात जलेको छ । बचेका केही कागजात पनि काम लाग्ने अवस्थामा छैनन । थोरै मात्र मिसिल काम लाग्ने अवस्थामा छन् । अराजक समूहले अदालत परिसरमा पार्किङ गरिएका ११ वटा चार पांग्रे सवारी जलाएका छन् । जलेको मोटरसाइकलको संख्या यकिन भइसकेको छैन । आगजनीको क्रममा ३–४ वटा मोटरसाइकल चोरी भएको थियो । उनका अनुसार अदालतमा नजलेका सामग्री चाेरी भएकाे थियाे । उनका अनुसार अदालतकाे सरसफाइ र क्षतिकाे विवरण संकलन भइरहेकाे छ । अभिलेख शाखामा रहेकाे ६५ हजार बढी मुद्दाकाे मिसिल जलेकाे उनले बताए । अदालतमा हाल १ हजार हाराहारी मुद्दाकाे मिसिल मात्रै बाँकी छ । मिसिलकाे यकिन विवरण आइतबार थाहा हुने भट्टले बताए । आगजनीका कारण जिल्ला अदालत माेरङ पनि खण्डहर भएकाे छ । दशैं-तिहार अघि जिल्ला अदालतले सेवा प्रवाह गर्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
नक्कली भिसा बनाएर करोडौं ठगी
नक्कली भिसा बनाएर करोडौं ठगी