२५ भाद्र २०८२, बुधबार

सर्लाहीमा जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव पक्राउ

२५ भदौ, सर्लाही । 

जसपाका मधेशका प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यादवमाथि प्रहरी उपरीक्षक (एसपी) लाई गाली गरेको तथा आपराधिक उपद्र र राज्यविरुद्धको अपराधमा संलग्न भएको आरोप छ । सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षकसँग भएको गालिगलौजको अडियो केही दिन अघि सामाजिक संजालमा भाइरल बनेको थियो । असारको अन्तीम साता पूर्वाधार विकास कार्यालय मलंगवमा भुक्तानीका विषयमा विवाद भएपछि यादवले सर्लाही प्रहरी प्रमुखलाई गालिगलौज गरेका थिए । त्यस पछि फरार रहेका उनी आज पक्राउ परेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताए । यादवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता राइले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

Post Comment