प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
२५ भदौ, काठमाडौं ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।
मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ । बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनले बताए । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, केही पत्ता नलागी भन्न मिल्ने अवस्था छैन’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment