प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
२४ भदौ, काठमाडौं ।
आज बिहानैदेखि युवाहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि भेला भएका छन् । भेला भएका युवाहरूले हिजो जेन–जीको आन्दोलनमा भएको घटनाको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
हिजो सो स्थानमा जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १७ जनाको ज्यान गएको थियो भने तीन सयभन्दा बढी घाइते भएका छन् । भ्रष्टाचार र बेथितिकविरुद्ध जेन–जीको आन्दोलनमा सरकारले दमन गरी युवाको हत्या गरेको भन्दै चौतर्फीबाट प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला युवाहरू नयाँ बानेश्वरमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment