दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
४७ पटक हेरिएको
Shares
दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता

सारांश

  • नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नौगाड नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
  • नौगाड गाउँपालिका–५ सौकेबगर नजिकबाट म १ ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।
  •   जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना यात्रु अटोसहित नदीमा खसेर बेपत्ता भएका छन् ।

१६ भदौ,दार्चुला ।

नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नौगाड नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ सौकेबगर नजिकबाट म १ ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना यात्रु अटोसहित नदीमा खसेर बेपत्ता भएका छन् । उद्धारको प्रयास भइरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए ।


अटोचालक मनिराम भुल र उनका छोरा घाइते अवस्थामा रहेका छन् । अटोचालक सख्त घाइते भएकाले महिलाहरुसित अरु बच्चाहरू पनि हुन सक्ने अनुमान गरिएको छ । अटोचालक भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका १७ वर्षीय छोरा आयुषको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ताहरूको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?