खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु
१२ भदौ, काठमाडौँ ।
कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर चार किशोरको मृत्यु भएको छ । गोदावरी नगरपालिका-९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन उनीहरू बिहीबार दिउँसो २ बजेतिर खोलामा डुबेका हुन् । जिल्ला प्रहरी कार्यालयका कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको डुबेर मृत्यु भएको हो ।
खोलामा सात जना नुहाउन गएकामा चार जना डुबेका हुन् । उनीहरूको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment