रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २७, २०८२
|
|
५४ पटक हेरिएको
Shares
रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताएका छन् ।
  • मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • साथै उनले अब बन्ने नीतिहरू अघिल्लो पुस्ताको लागि नभइ आधुनिक पुस्ताको लागि हुनुपर्ने बताए ।

२७ साउन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताएका छन् । मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले अब बन्ने नीतिहरू अघिल्लो पुस्ताको लागि नभइ आधुनिक पुस्ताको लागि हुनुपर्ने बताए । उनले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा कोर्नुपर्ने बताए । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उल्लेख गरे । रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताए ।

उनले भने,’बितेर जाँदै गरेको म र म भन्दा अघिल्लो पुस्ताको लागि भन्दा पनि आधुनिक पुस्ताको लागि हामीले नीति बनाउनुपर्नेछ । संघीयता आएको छ, नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा यस्तो कोर्नुपर्यो की देश निर्माणको लागि ५० वर्षको नक्शा कोर्नुपर्छ । जुन नक्शामा टेकेर देश निर्माण हुनसक्छ, युवापुस्ता यहीँ बस्न सक्छ । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको हामीले देखेका छौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेको जस्तो लाग्ला तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्न लायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरुले पनि भनिरहेको अवस्था छ । यसको अर्थ सबैजना रास्वपा नै हुनुपर्छ, यो नै अन्तिम हो भन्ने होइन ।’ कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्नेकुरा आफ्ना व्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गरे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
टुँडिखेलमा बुधबार सेनाले स्थापना दिवस मनाउने, के-के छन् कार्यक्रम ?
टुँडिखेलमा बुधबार सेनाले स्थापना दिवस मनाउने, के-के छन् कार्यक्रम ?
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य