मध्यपुर थिमीका नगरवासीले रगत निःशुल्क पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मध्यपुर थिमीका नगरवासीले रगत निःशुल्क पाउने

सारांश

  • भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ ।
  • नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग आज सम्झौता नवीकरण गर्दै मध्यपुर थिमीले नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो ।
  • सम्झौतामा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गरेका छन् ।

२६ साउन, काठमाडौं ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग आज सम्झौता नवीकरण गर्दै मध्यपुर थिमीले नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो । सम्झौतामा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मध्यपुर थिमी नगरवासीले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेको भक्तपुर रक्तसञ्चार सेवाबाट निःशुल्क रूपमा रगत तथा रक्ततत्व प्राप्त गर्नेछ । रगतका लागि आवश्यक पर्ने दस्तुर रेडक्रसले नगरपालिकासँग सोध भर्ना मागेपछि नगरपालिकाले भुक्तानी दिने सम्झौतामा उल्लेख छ ।

सम्झौताले नगरवासीले कुनै बेला आवश्यक परेको रगत रेडक्रसबाट सहज रूपमा उपलब्ध हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । उनले बिरामीको जीवन बचाउन आवश्यक रगतसमेत शुल्क तिरेर लिनुपर्ने बाध्यता रहेकाले नगरवासीको सर्वसुलभ र निःशुल्क रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार रक्षाका लागि रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत वितरण गरेको बताए । मध्यपुर थिमी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबीच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्व प्रदान गर्नेबारे सम्झौता भएको हो । सोही सम्झौतालाई नगरपालिकाले निरन्तरता दिँदै आइरहेको छ ।

मध्यपुर थिमी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सम्झौताको पहिलो वर्ष ७४७ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क वितरण गरेको थियो । सोको रु सात लाख ३२ हजार ९९८ रेडक्रसलाई भुक्तानी गरेको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३६१ जनाले निःशुल्क रगत तथा रक्ततत्व सेवा लिएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा ४७९ जनाले ८१४ पिन्ट रगत तथा रक्ततत्व लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?