५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

सारांश

  • रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।
  • ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो ।

१९ साउन, काठमाडौं।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।

उक्त क्षेत्रको भाषा परीक्षामा पाँच हजार ३०० कोटा तोकिएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा रहेको छ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । भाषा परीक्षाको उत्र्तिण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्र्तिण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउनेछन् ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबासगरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् । आवदेन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित समातिए सरकारी कर्मचारी
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित समातिए सरकारी कर्मचारी
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता