कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
४० पटक हेरिएको
Shares
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु

सारांश

  • कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा भएको आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।
  • आइतबार भएको विद्रोही आक्रमणमा परी ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
  • स्थानीयवासीका अनुसार नगरको एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले आक्रमण गरेको हो ।

१२ साउन, काठमाडौं ।

कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा भएको आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । आइतबार भएको विद्रोही आक्रमणमा परी ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीयवासीका अनुसार नगरको एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले आक्रमण गरेको हो ।सोमबार बिहानसम्म घटनामा ३८ जनाको शव फेला परेको छ ।

अरुको मृत्यु भएको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।  केही व्यक्ति सम्पर्कविहीन भएका छन् । धेरैजसो मृतक युवा धार्मिक सेवामा आबद्ध व्यक्तिहरू हुन् । मन्दिरका प्रमुख पूजारीका अनुसार, कम्तीमा ६ जना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ ।घटनास्थलमा सुरक्षा बलहरू परिचालन गरिएको भए तापनि पूर्वी कंगोमा सक्रिय चरमपन्थी समूहहरूले पुनः आक्रामक गतिविधि थालेको छ ।केही वर्षअघिदेखि यस क्षेत्रमा कंगो र छिमेकी मुलुकले संयुक्त रूपमा सुरक्षा अभियान सञ्चालन गर्दै आएका छन् । तर, यसप्रकारको घटनाले सुरक्षा चुनौती अझ बढाएको प्रष्ट भएको छ ।

यस आक्रमणको जिम्मेवारी लिने पक्षको औपचारिक पुष्टि नभए तापनि, स्थानीय प्रशासनले यसलाई लामो समयदेखि हिंसात्मक गतिविधिमा संलग्न रहेको एक सशस्त्र समूहसँग जोडिएको अनुमान गरेको छ । यो आक्रमणमा ‘एलिड डेमोक्रेटिक फोर्सको’ हात रहेको आशंका छ ।यस घटनाले स्थानीय वासिन्दाहरूमा पुनः त्रास फैलिएको छ । मानव अधिकार समूहहरूले सरकारलाई तत्काल राहत, उद्धार र सुरक्षा प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा बैठक : राजेन्द्र लिङ्देनद्वारा आन्दोलनमा जाने प्रस्ताव
राप्रपा बैठक : राजेन्द्र लिङ्देनद्वारा आन्दोलनमा जाने प्रस्ताव
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
पानीजहाज विधेयक राष्ट्रियसभामा पेस हुँदै
पानीजहाज विधेयक राष्ट्रियसभामा पेस हुँदै
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला