कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
१२ साउन, काठमाडौं ।
कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा भएको आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । आइतबार भएको विद्रोही आक्रमणमा परी ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीयवासीका अनुसार नगरको एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले आक्रमण गरेको हो ।सोमबार बिहानसम्म घटनामा ३८ जनाको शव फेला परेको छ ।
अरुको मृत्यु भएको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् । धेरैजसो मृतक युवा धार्मिक सेवामा आबद्ध व्यक्तिहरू हुन् । मन्दिरका प्रमुख पूजारीका अनुसार, कम्तीमा ६ जना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ ।घटनास्थलमा सुरक्षा बलहरू परिचालन गरिएको भए तापनि पूर्वी कंगोमा सक्रिय चरमपन्थी समूहहरूले पुनः आक्रामक गतिविधि थालेको छ ।केही वर्षअघिदेखि यस क्षेत्रमा कंगो र छिमेकी मुलुकले संयुक्त रूपमा सुरक्षा अभियान सञ्चालन गर्दै आएका छन् । तर, यसप्रकारको घटनाले सुरक्षा चुनौती अझ बढाएको प्रष्ट भएको छ ।
Post Comment