११ श्रावण २०८२, शनिबार

करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा

९ साउन, मोरङ ।

सुनसरी जिल्लाको गढी गाउँपालिका–२ स्थित औरावनीबाट साउन ८ गते १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८ र को ३ प १२० नम्बरको मोटरसाईकलहरुमा राखेर भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा नं ४ गण सुनसरीले बरामद गरेको हो । लत्ताकपडा ल्याउने व्यक्तिहरु सशस्त्र प्रहरीको गस्ति टोलीलाई टाढैबाट देख्नासाथ मोटरसाइकल सोही ठाउँमा छाडि भागेका थिए । नियन्त्रणमा लिइएको ३ वटै मोटरसाइकल तथा लत्ताकपडा आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?