संसद्मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
७ साउन, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेशका नागरिक खानेपानीबाट समेत बन्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । यो विषयमा खानेपानी मन्त्रालयले आवशयक पहल लिनुपर्ने उनको आग्रह छ ।
‘एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो, देखा पर्न सक्नुभएको छैन । मन्त्रीलाई संसद्मा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु,’ उनले भने । मधेश प्रदेशले सुख्खा क्षेत्र घोषणा गरेको छ । मधेश प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment