८ श्रावण २०८२, बुधबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

३ साउन, काठमाडौं । 

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनको विसं २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा रु तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन्। निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?