८ श्रावण २०८२, बुधबार

नाइजरमा दुई भारतीय नागरिकको ह*त्या

३ असार, काठमाडौं ।

पश्चिमी अफ्रिकी मुलुक नाइजरमा चरमपन्थी आक्रमणमा परी दुई भारतीयको मृत्यु भएको छ । जुलाई १५ (अरास ३१) मा भएको चरमपन्थी आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो । नाइजरमा रहेको भारतीय दूतावासले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेखेको छ, ‘नाइजरको डोसो क्षेत्रमा १५ जुलाईमा भएको एक आतंकवादी आक्रमणमा दुई भारतीय नागरिकको मृत्यु भयो ।

एक भारतीय नागरिक अपहरणमा परेका छन् ।’ भारतीय दूतावासले नाइजरमा रहेका सबै भारतीय नागरिकलाई सतर्क रहन आग्रह पनि गरेको छ  । ‘शव भारत पठाउन र अपहरणमा परेका नागरिकको सुरक्षित रिहाईका लागि स्थानीय अधिकारीहरू सम्पर्कमा छन्,’ दूतावासले भनेको छ, ‘नाइजरमा सबै भारतीयलाई सतर्क रहन सल्लाह दिइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?