सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार

सारांश

  • अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ ।
  • नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएअनुसार बजारका अन्य परिसूचकमा पनि आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।
  • एक्सचेञ्जको विवरणअनुसार आव २०८०/८१ मा रु ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको सेयर कारोबार भएकाेमा आव २०८१/८२ मा रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ ।

२ साउन, काठमाडौं ।

अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएअनुसार बजारका अन्य परिसूचकमा पनि आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ । एक्सचेञ्जको विवरणअनुसार आव २०८०/८१ मा रु ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको सेयर कारोबार भएकाेमा आव २०८१/८२ मा रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम आव २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो ।

यसअघि आव २०७७/७८ मा सबैभन्दा धेरै (अर्थात् रु. १४ खर्ब ५४ अर्ब ४४ करोड)को कारोबार भएको थियो । त्यसैगरी, वर्ष २०८१ को असार मसान्तमा रु. ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.५ प्रतिशतले वृद्धि भई रु ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको सङ्ख्या २७२ पुगेको छ । सो आवमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् ।त्यसैगरी, प्रथम सार्वजनिक निष्कासनमार्फत ४ वटा कम्पनी थपिएका छन् । प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

नयाँ आवलाई पनि उत्साहपूर्ण स्वागत  नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन पनि सेयर बजारमा उल्लास देखियाे । पहिलाे काराेबार दिन ७५.८४ अंक (२.७१ प्रतिशत)ले बढेर परिसूचक २८७०.६३ विन्दुमा उक्लियाे । सँगै, पहिलाे काराेबार दिन ११ महिनायताकै उच्च काराेबार भएकाे छ । बिहीबार ३ करोड ८६ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँमाथिको भयो । यसअघि गत ११ भदौमा साढे १८ अर्बभन्दा माथिको कारोबार भएको थियो । चालू आवको मौद्रिक नीति कार्यान्वयनमा आएसँगै बजारले लय समातेकाे देखिन्छ । चालू आवको लागि जारी माैद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाइएकाे छ भने बैंकदर तथा नीतिगत दर घटाइएकाे छ । जसले लगानीकर्तालाई हाैस्याएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान