११ श्रावण २०८२, शनिबार

कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमला नदी बचाऔं अभियानलाई साथ दिने बताएका छन् ।

आज धनुषास्थित कमला नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । कमला बचाऔं अभियानलाई केन्द्रसम्म पुर्‍याने हुलाकी राजमार्गको मुद्दा उठाइरहने उनले बताए । त्यो जिम्मेवारी आफूले लिएको भन्दै उनले सडकदेखि सदनसम्म कुरा उठाउने बताए । मधेश, पहाड र हिमालको मुद्दा त्यसै स्थानले मात्रै उठाउने प्रवृत्ति रहेको बताउँदै उनले भने, ‘जब मधेशको मुद्दा देशको मुद्दा हुन्छ, पहाडको मद्दा देशको मुद्दा हुन्छ ।

त्यो बेला आधा भन्दा बढी जनसंख्या भएको मधेश अँध्यारोमा बस्नु पर्दैन ।’ मधेशले आफूलाई ऋणी बनाएको भन्दै लामिछानेले उक्त ऋण व्याजसहित तिर्ने बताए । मधेशका कार्यक्रममा केन्द्रित भइरहेको रास्वपाले आजदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?