यी ५ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, २ प्रदेशमा हुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
२८ पटक हेरिएको
Shares
यी ५ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, २ प्रदेशमा हुरी

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।
  • मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

१ साउन, काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईँलाई साइबर ब्यूरोको सोधपुछ
दुर्गा प्रसाईँलाई साइबर ब्यूरोको सोधपुछ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन
भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु
क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु
रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?