नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
४० पटक हेरिएको
Shares
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल

सारांश

  •   स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।
  • शुक्रवार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले जनसंख्यामैत्री सरकार र राज्य निर्माण गर्न सरकारले जनताका समस्या सम्बोधन गर्ने खालका नीति जरुरी रहेको बताउनु भयो ।

२७ असार, काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनसंख्यामैत्री सरकार र राज्य निर्माण गर्न सरकारले जनताका समस्या सम्बोधन गर्ने खालका नीति जरुरी रहेको बताउनु भयो । उहाँले जनसंख्या नीति मान्छेको संख्या मात्रै नभइ रोजगारी, अवस्था, स्थितिबारे मापन गर्ने र कामको योजना बनाउने नीति पनि रहेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘जनसंख्यामैत्री सरकार, राज्य निर्माण गर्न खोजेका हौँ भने हाम्रा नीतिहरु पनि आम नागरिकले चाहेको, नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने खालेको हुनुपर्छ ।

त्यसैले यो मान्छेका संख्याहरुसँग मात्रै होइन ।  मान्छेका चाहनाहरुसँग पनि यो नीति जोडिएको छ । सुशासनसँग पनि जोडिएको छ । अन्य पक्षसँग पनि जनसंख्या नीति जोडिएको छ । सरकारको जनसंख्या नीतिप्रति प्राथमिकता रहेको छ भन्नेकुरा स्पष्ट भएको छ । ’मन्त्री पौडेलले नेपालको जनसांख्यिक अवस्था ऋणात्मक हुँदै गइरहेको बताउनु भयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
विष्णु पौडेललाई २० दिन थुन्न अनुमति माग
विष्णु पौडेललाई २० दिन थुन्न अनुमति माग
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
लागऔषधसहित ३ जना पक्राउ
लागऔषधसहित ३ जना पक्राउ