Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ ।
  • आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।
  •   जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

२७ असार, काठमाडौँ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।  जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको. छ।  असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । तर,   बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।  बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ ।

यसका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ भने उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारी रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने सहमतिपत्रमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत
सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत
स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
इलाका प्रहरी कार्यालय हरिवनबाट थुनुवा फरार 
इलाका प्रहरी कार्यालय हरिवनबाट थुनुवा फरार 
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश
शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण