८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ ।
  • आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।
  •   जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

२७ असार, काठमाडौँ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।  जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको. छ।  असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । तर,   बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।  बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ ।

यसका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ भने उक्त कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा सम्बन्धित महासंघ र समितिका पदाधिकारी रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने सहमतिपत्रमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलमा जनकपुरको पहिलो जित
एनपीएलमा जनकपुरको पहिलो जित
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो :सभामुख घिमिरे
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो :सभामुख घिमिरे
सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता
सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ