त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
७८ पटक हेरिएको
Shares
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द

सारांश

  • त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
  • प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ ।
  • त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ ।

२४ असार, काठमाडौं ।

त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ ।

त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति नभएको उनले बताए । त्यस्तै ६० मेगावाट क्षमताको  त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशूली ३ बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

त्यस्तै चिलिमेको पावरहाउसमा पानी छरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी उनले दिए । यिनै आयोजनाको उत्पादन बन्द भएकाले त्रिशूली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको शाक्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट
अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो
गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ
महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड
चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड