सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
सुमनाको आक्रोश : शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् ।
  • शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै सांसद श्रेष्ठले विधेयक संसदमा पेस गर्न रोकेर समितिलाई दोषी नदेखाउन खोजिएको आरोप लगाइन् ।
  • सोमबार शिक्षक पदपूर्तिको कोटामा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।

१६ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै सांसद श्रेष्ठले विधेयक संसदमा पेस गर्न रोकेर समितिलाई दोषी नदेखाउन खोजिएको आरोप लगाइन् । सोमबार शिक्षक पदपूर्तिको कोटामा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।
महासंघसँग सहमति गरेर समितिबाट पास गराइ प्रतिनिधि सभामा पेश गर्ने तयारी थियो ।

तर, विधेयक समितिमै अड्काउन खोजिएको भन्दै सांसद श्रेष्ठले शिक्षकहरुलाई दलीय स्वार्थ र भोट बैंक बनाउन खोजिएको आरोप लगाइन् । कानुन सांसदले निर्माण गर्ने भन्दै उनले स्वार्थ समूह सक्रिय भएको संकेत गरिन् । उनले भनिन्, सांसदले कानून बनाउने हो, इन्ट्रेस्ट ग्रुपले बनाउने होइन ।’ शिक्षक महासंघले समेत शिक्षकहरुका एजेन्डा छाड्दै मुद्दालाई कमजोर बनाएको उनको तर्क थियो ।

‘इसीडी कर्मचारीको कुरा महासंघले छोडेको छ, कसको लागि काम गरिरहेको छ ? कार्य सम्पन्न मुल्लाकंन ९० प्रतिशत राखेको छ, निजामतीको ९५ प्रतिशत छ’ उनल भनिन्, ‘सहमति भइसकेको यो विषयमा उल्टाउदै जाने हो भने, जे सहमति भएको छ त्यो फुल हाउसमा लैजाउ । ’ समितिलाई दोष दिने प्रपन्च भएको आरोप लगाउँदै उनले विधेयक होल्ड गरेर ‘पोलिटिकल गेम’ नखेल्न भन्दै आक्रोश पोखिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
देउवा निवासमा संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक
देउवा निवासमा संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली
मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली
पश्चिमी वायुको प्रभावका कारण देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावका कारण देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृ*त्यु
श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृ*त्यु
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...