१४ असार २०८२, शनिबार

बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

१२ असार, काठमाडौं । 

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका वडा नम्बर ८ घर भएका ३० वर्षीय यम प्रसाद श्रेष्ठ, २५ वर्षीय गुण बहादुर श्रीस र ३५ वर्षका झमु श्रीस रहेका छन् । गत जेठ २८ मा साँझको समयमा आफन्तको घरबाट फर्किँदै गरेकी १४ वर्षीया बालिकालाई ,

उनीहरुले सामूहिक बलात्कार गरेको बागलुङका प्रहरी उपरीक्षक(एसपी) तिलक भारतीले बताए ।  पक्राउ परेका उनीहरूलाई बागलुङ अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भारतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment