कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
३७ पटक हेरिएको
Shares
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी

सारांश

  • हाल देशैभर मनसुनी वायुको प्रभाव छ।
  • अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।
  • मधेश प्रदेशमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

१२ असार, काठमाडौं ।

हाल देशैभर मनसुनी वायुको प्रभाव छ। अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। मधेश प्रदेशमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। यसैगरी, कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। यसैगरी, कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदीमा जल सतह बढ्ने, गेग्रान बहाव आउने, बाढी, पहिरो र भूक्षयजस्ता प्रकोप हुन सक्छन्। यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा पर्न सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
चितुवाले आक्रमण गर्दा एक महिलाको मृ*त्यु, दुई जनाले भागेर ज्यान बचाए
चितुवाले आक्रमण गर्दा एक महिलाको मृ*त्यु, दुई जनाले भागेर ज्यान बचाए
६ लाख नगदसहित तनहुँबाट १३ जना जुवाडे पक्राउ
६ लाख नगदसहित तनहुँबाट १३ जना जुवाडे पक्राउ